
तस्विर : जिल्ला प्रहरी कार्यालय धादिङ
जिल्ला प्रहरी कार्यालय धादिङले चितुवाको छाला सहित २ जनालाई पक्राउ गरि आज मंगलबार सार्वजनिक गरेको छ । आज एक प्रेस विज्ञप्ती मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ चापाखर्कका ३० वर्षिय दिपक मोक्तान र ४५ वर्षिय सुविन्द्र मोक्तान रहेका छन् ।
थांक्रे गाउँपालिकाको वडा नम्बर २ मा बाघको छालाको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट प्रहरी निरिक्षक डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले फागुन १ गते १ बजेकोे समयमा मकवानपुर कैलाश गाउँपालिका देखी महादेवबेशी तर्फ आउने आग्रा मोरिया सडक खण्डमा बाघको चितुवाको सिंगो (पुरै) छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धादिङले ५ जना फरार प्रतिवादीहरुलाई पनि पक्राउ गरेको छ । लागू औषध मुद्दाका ३ जना, बैंकिङ कसुर र बैदेशिक रोजगार ठगी मुद्दाका एक/एक जना गरि ५ जना लाई पक्राउ गरि धादिङ जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।