२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टर्की सिरिया भुकम्प : ४१ हजार भन्दा बढिले ज्यान गुमाए

टर्की सिरिया भुकम्प : ४१ हजार भन्दा बढिले ज्यान गुमाए

टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ४१ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण अहिलेसम्म टर्की र सिरियामा १ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको राेयटर्सले जनाएको छ ।

भूकम्पमा अझै कयौँ बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार भएकाले केही आशा भने छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । भूकम्पबाट १४ लाख बालबालिकासहित झण्डै २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।