
एनएमबि लघुवित्त वित्तीय संस्थाले सञ्चालन गरेको शाखा संचालन, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) र ब्यवसायिक रणनीति ब्यवस्थापन सम्बन्धी २ दिने तालिम आज सकिएको छ ।
मलेखु स्थित त्रिशुली रिभरसाईड रिर्सोटमा सञ्चालन भएको तालिममा धुलिखेल प्रादेशिक कार्यालय अन्र्तगतका विभिन्न २२ वटा शाखाका शाखा प्रमुख र कर्मचारीहरु गरि ७० जनाको सहभागीता रहेको एनएमबी लघुवित्त नलाङ शाखाका शाखा प्रमुख शालिग्राम अधिकारीले जानकारी दिनुभयो ।
२ दिन सम्म चलेको तालिममा शाखा संचालन/केन्द्र बैठक ब्यवस्थापन, सम्पत्ति शुद्धीकरण (एन्टि मनि लाउन्डरिङ) तथा आतंककारी गतिविधि नियन्त्रण (CFT) खरिद प्रक्रिया, फर्म फरम्याटहरुको कार्यान्वयन, भाखा नाघेको कर्जा ब्यवस्थापन,कर्जा जोखिम तथा असुली सम्बन्धि रणनीतिहरु, ग्राहक पहिचान तथा बचत खाता ब्यबस्थापन KYC/KYCMS/NMBMFM-Passbooks,ब्यवसायिक रणनीति÷कृषिमा आधारित नयाँकर्जा प्रोडक्ट सम्वन्धि विषय,उत्प्रेरणा Internal Control System र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषय वस्तुमा प्रशिक्षण दिएको थियो ।
तालिममा सहभागीहरुलाई लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशी, शाखा संचालन तथा सामान्य सेवा विभाग प्रमुख भुवनेश्वर फुलारा र धुलिखेल प्रादेशिक कार्यालयको प्रादेशिक प्रमुख महेश पाठकले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागीहरुलाई संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
यस्तै तालिम अन्य प्रदेश अन्र्तगतका सवै प्रादेशिक कार्यालयमा संचालन भैरहेको विभागीय प्रमुख भुवनेश्वर फुलाराले जानकारी दिनुभयो । प्रथम चरणको तालिम यहि माघ २७ र २८ गते होटल अरनिको, धुलिखेल काभ्रेमा भएको थियो ।
पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।