२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल बैंकमा रोजगारीको अवसर

नेपाल बैंकमा रोजगारीको अवसर
नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरेको छ । आइटीतर्फको सहायक प्रवन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरिएको छ । यस्तै विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा १९६ कर्मचारी माग गरिएको छ ।
प्रदेश एकका लागि ४० जना, प्रदेश दुईका लागि २८, तीनका लागि ४२, चारका लागि २६, पाँचका लागि ३५, प्रदेश ६ का लागि १३ र सातका लागि १२ जना सहायक पदमा कर्मचारी माग गरिएको हो । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।