
शनिबार विहान त्रिशुली नदिमा हाम फाली वेपत्ता भएकी महिलाको शव आज आईतबार फेला परेको छ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं.६ कुम्पुर भञ्ज्याङकी २० वर्षिया हिरामाया घलेको शव फेला परेको हो । हिरामाया घले घरायसी विवाद पछि त्रिशुलीमा हामफालेकी थिईन् । घरबाट कोही कसैलाइ जानकारी नगराई निस्केर हिडेकी हिरामायाले हरीयो चप्पल, चुरा (फुटेको) र घडी बिहानी पेट्रोलपम्प झोलुङ्गे पुल स्थित त्रिशुलि नदिको किनारामा फुकालेर छाडेकी थिईन ।
नदि किनारमा सो वस्तु छाडेको देखेपछि प्रहरी र स्थानियले मानिस बेपत्ता हुन सक्ने आशंकामा खोजी गरेको थियो । ईलाका प्रहरी कार्यालय गजुरीबाट १० जना र सशस्त्र प्रहरी बल नेपाल कुरिनटारबाट गोताखोर सहितको ९ जना गरी १९ जनाको संयुक्त टोलीले खोजतलास गर्दा आईतबार सवा ३ बजेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शव परिक्षणको लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।