चैत्र ५, २०७९
धादिङ – आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरुको व्यहोरा जानकारी गराउने, प्रतिनिधि सभा सदस्यको रिक्त स्थानको व्यहोरा जानकारी गराउने, अनुगमन तथा मूल्याङकन विधेयक २०७८ लाइ निर्णयार्थ प्रस्तुत गर्ने, संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संसोधन विधेयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
चैत्र ४ गते शनिबार बसेको १० दलीय सत्ता साझेदार दलहरुको संयुक्त बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयकलाइ आइतबारको संसद् बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।