२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलले हरायो

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० गोलले हरायो

प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले २–० गाेलले जितेको छ ।

नेपालका लागि अनन्त तामाङले खेलकाे ३० औँ मिनेटमा गाेल गर्दै टाेलीलाई १–० ले अग्रता दिलाएका थिए । यस्तै नवयुग श्रेष्ठले खेलकाे ५५ औँ मिनेटमा गाेल गर्दै नेपाललाई २–० गाेलकाे अग्रता दिलाएका थिए।

आजदेखि सुरु भएकाे प्रतियाेगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।