तस्विर  :जिल्ला प्रहरी कार्यालय धादिङ

मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ परेका ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कारागार चलान हुनेहरुमा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ की कबिता बानियाँ (आचार्य), धादिङको त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ बस्ने बर्ष ३६ की गिता न्यौपाने, सोलुखुम्बुको नेचा सल्यान गा.पा.वडा नं. २ स्थायी घर भई हाल काठमाण्डौंको गंगबुमा डेरा गरी बस्ने बर्ष ३५ की कमला नेपाली रहेका छन् ।

यस्तै धादिङको त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ स्थायी घर भई धादिङवेशींमा होटल गरी बस्ने बर्ष ३९ की कल्पना आले मगर, त्रिपुरासुन्दरी गा.पा. वडा नं. १ बस्ने बर्ष ३९ को कोपिल दमै, त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ बस्ने बर्ष ४४ को रुपेन्द्र अधिकारी र त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ बस्ने बर्ष २१ की अस्मिता नेपाली रहेका छन् ।

उनिहरुले एक १६ वर्षिया वालिकालाई अपहरण गरि मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका हुँदै भारतको पहाडगंजमा पु¥याएका थिए । कन्य केटिको वलि चढाएर पुजा गरे प्रसस्त पैसाहरु आँफै झर्छ भनी पैसाको प्रलोभनमा परि भारतीय मानव तस्करहरुसँग मिलेर ति वालिकालाई भारत सम्म पु¥याएका थिए ।

बालिकालाई विभिन्न संघ संस्था तथा किङ ईन्डियासंग नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो, काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट पीडित वालिकालाई उद्धार गरिएको थियो ।

Facebook Comments