२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विश्व कैंकका अनुसार नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत

विश्व कैंकका अनुसार नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत

चैत्र २३, २०७९
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । साथै ‘नेपाल डेभलपमेन्ट अपटेड (अप्रिल २०२३) ः फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भारोमेन्ट’ ले नेपालको अर्थतन्त्र आर्थिक वर्ष सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । यो अघिल्लो वर्ष सन् २०२२ को तुलनामा कम हो । आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रको पुनरारम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत सम्म पुग्ने अपेक्षा गरिएको छ ।

सन २०२३ मा आर्थिक वृद्धि कम हुनुका पछाडि उत्पादन र कारोबारमा सुस्तता रहेको जनाएको छ । नेपाल मात्रै नभएर दक्षिण एसियाका अधिकांश मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्तता आएको अर्थ विश्लेषकहरुले जनाएको छ । यसका साथै छिमेकि राष्ट्र भारतमा पनि उत्पादनमूलक क्षेत्रमा २ प्रतिशतले संकुचन आएको विश्व बैंकको साउथ एसिया इकोनोमिक फोकसको रिर्पोटले देखाएको छ ।

नेपाल सरकारका अर्थ सचिव तोयम रायाले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन् । चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहनुका साथै पर्यटन, कृषि तथा जलविद्युत् क्षेत्रमा पनि सुधार भइरहेकाले अर्थतन्त्रलाई त्यसले सकारात्मक बनाउने उनको भनाइ छ । अर्थ सचिव रायले कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा परेको बाह्य दबाब यथावत् रहेको बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।