२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मलेखु दुर्घटना अपडेट : मृत्यु हुने विरगञ्जका कृष्ण श्रीवास्तब र घाईते लमजुङकी अस्मीता पाठक

मलेखु दुर्घटना अपडेट : मृत्यु हुने विरगञ्जका कृष्ण श्रीवास्तब र घाईते लमजुङकी अस्मीता पाठक

पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा विरगञ्जका २५ वर्षिय कृष्ण श्रीवास्तव रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

काठमाडौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक श्रवास्तवको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाईकलमा सवार लमजुङका २० वर्षिया अस्मीता पाठक घाईते भएको प्रहरी नायव उपरिक्ष जैसवारले बताउनुभयो ।

घाईतेको मलेखु टिचिङ अस्पताल मलेखुमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।