२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रहरीको सुरक्षामा फोहोर विसर्जन

प्रहरीको सुरक्षामा फोहोर विसर्जन

काठमाण्डौ महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर विसर्जन गर्न थालेको छ । हिजो एक सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र आज पनि काठमाण्डौमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ ।

नुवाकोटको सिसडलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्‍याउन थालेको हो । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् । फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने स्थानीयबासिन्दाको माग पूरा गर्ने मौखिक सहमति भैसकेको छ । तर सहमति कार्यान्वयन नभएको भन्दै ल्याण्डफिल्ड साइट नजिकका स्थानीयबासिन्दा आन्दोलनमै छन् ।

फोहोरको ढुवानी सहज नहुँदासम्म घरमै व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गर्दै आएको छ । नियमित फोहोर नउठ्दा काठमाण्डौका मुख्य सडकमा फोहोर थुप्रिन थालेको छ । तर हिजोदेखि प्रहरीको सुरक्षामा फोहोर बोकेका गाडी ल्याण्डफिल्ड साइट पुग्न थालेपछि सडकमा थुप्रिएका फोहोर केही दिनमै उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।