
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी-२ छहराबाट त्रिशुली नदीमा बस खसेको छ । काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घाइतेहरुलाई उद्धार गरेर गजुरी अस्पताल लगिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
अहिले उद्धार टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।