
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी-२ छहराबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये २ जना महिला र ६ जना पुरुष छन् । घाईतेहरुको गजुरी सामुदायिक अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने त्यहाँ सम्भव नभएका बिरामीहरुलाई काठमाण्डौं पठाईएको छ ।
काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार विहान सवा ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।