बुढिगण्डकी नदिमा नुहाउने क्रममा एक जना शिक्षक बेपत्ता भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमिल्सीना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
तिमिल्सीना ३ जना साथीहरुसँग दर्शनको लागि त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित नरसिंह धाम पुगेका थिए । साथीहरुसँगै पौडी खेल्ने क्रममा नदिको गहिरो भागमा पुग्दा बेपत्ता भएको प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो ।
प्रहरी उपरिक्षकका अनुसार अहिले प्रहरी, स्थानिय लगायतको टोलीले खोजी कार्य गरिरहेको छ । स्थानीय स्तरमा उपलब्ध श्रोत साधन डोरी ट्यूवको प्रयोग गरी खोजी भैरहेको छ । खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली घटनास्थलतर्फ जादै छन् ।
तिमिल्सीना नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन् । पौडी खेल्दै साथीहरुसँग भिडियो बनाउने क्रममा भेलमा वेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Facebook Comments