२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बुढगण्डकीमा बेपत्ता भएका शिक्षक अझै भेटिएनन्, आज विहानै देखि खोजी कार्य हुँदै

बुढगण्डकीमा बेपत्ता भएका शिक्षक अझै भेटिएनन्, आज विहानै देखि खोजी कार्य हुँदै

बुढिगण्डकी नदिमा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक अझै फेला पार्न सकिएको छैन ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित नरसिंह धाममा स्नानको लागि ३ जना साथीहरुसँग जानुभएका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमिल्सीना हिजो शुक्रबारदेखि बुढिगण्डकी नदिमा बेपत्ता हुनुहुन्छ ।

बेपत्ता तिमिल्सीनाको सशस्त्र प्रहरीको गोताखोरको टोलीले हिजो शुक्रबार राती अबेर सम्म खोजी गरेको थियो । हिजो नभेटिएपछि आज पुन ८ बजेदेखि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

साथीहरुसँगै पौडी खेल्ने क्रममा नदिको गहिरो भागमा पुग्दा शिक्षक तिमिल्सीना बेपत्ता भएको प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो । तिमिल्सीना नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।