
बुढिगण्डकी नदिमा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक अझै फेला पार्न सकिएको छैन ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित नरसिंह धाममा स्नानको लागि ३ जना साथीहरुसँग जानुभएका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमिल्सीना हिजो शुक्रबारदेखि बुढिगण्डकी नदिमा बेपत्ता हुनुहुन्छ ।
बेपत्ता तिमिल्सीनाको सशस्त्र प्रहरीको गोताखोरको टोलीले हिजो शुक्रबार राती अबेर सम्म खोजी गरेको थियो । हिजो नभेटिएपछि आज पुन ८ बजेदेखि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
साथीहरुसँगै पौडी खेल्ने क्रममा नदिको गहिरो भागमा पुग्दा शिक्षक तिमिल्सीना बेपत्ता भएको प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो । तिमिल्सीना नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।