बैतडीको झुलालघाटबाट मंसीर १४ देखि शुरु भएको एमालेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित समृद्दिका लागी संकल्प यात्रा लोकमार्गको मध्यभाग सम्म आइपुगेको छ । पौष १ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुने यो संकल्पयात्रा प्रमुख प्रतिपक्षी एमालेले यस अघि सञ्चालन गरेको मिशनग्रास रुट भन्दा पृथक रहेको र यो खासगरी पहाडी क्षेत्रको बसाई सराइले रित्तिदै गएको पहाडहरुका समस्या स्थानीय स्तरमा बुझेर राष्ट्रियकरण गर्ने उद्देश्य सहित सञ्चालन गरेको भनिरहँदा यो यात्रका सवालमा पक्षविपक्षमा विभिन्न तर्क र दृष्टिकोणहरु उजागर हुन थालेको देखिन्छ ।

विपक्षीे गठबन्धनको चक्रव्यहर उसका आन्तरिक तथा बाह्य राजनीतिका कारण चुनावमा अपेक्षित सफलता हासिल गर्न नसकेपनि प्रचण्ड सरकारको रचना गर्न सफल भएको एमाले काँग्रेसले थापेको ढोक्सामा माओवादी परेपछि सरकारबाट बाहिरिनु मात्र परेन उसको राष्ट्रिय राजनीतिमा भूमिका कमजोर भएको अनि उदाउदै गरेका रास्वपा र राप्रपा लगायत नयाँ र स्वतन्त्रहरुको बढ्दो प्रभावका कारण एमाले भित्तातिर जादैछ भन्ने खालका टिप्पणीहरु आइरहेको अवस्थामाएमालेको राजनैतिक पुर्नजिवनका लागी जनतासँगको साक्षात्कार अपरिहार्य भएको अवस्थामा यो यात्रा सञ्चालन गरिएको देखिन्छ ।

सरकारमा पुरानादलहरुको दबदबा अनि विपक्षमा पनि नयाँ दलहरुको प्रभावकारी उपस्थितिले एमालेलाई वास्तवमै रक्षात्मक बनाएको देखिन्छ त्यसमाथी एमाले प्रति स्वतन्त्र भनिएका विभिन्न बुद्दिजीवि तथा सञ्चार जगत समेत निरन्तर रुपमा एकोहोरो खनिरहने अवस्थाले एमाले र केपीओली प्रति नकारात्मक बन्ने जमात बढ्ने खतरा रहन्थ्यो नै ।
खासगरी एमालेलाई कमजोरबनाउने गरी भएका प्रचारबाजीहरु आंशिक सत्यमा आधारित भएर निर्माण गरिएको भाष्यले जनतामा भ्रम सृजना गरिरहेका विश्वास एमाले जनले गर्ने गर्दथ्यो भने उसका विपक्षीहरु निरन्तर रुपमा केपी ओलीका केही व्यवहार जन्य गतिविधिहरुका आडमा एमाले माथी नै प्रहार गरिरहन्थे । पार्टीलाई एक ढिक्का बनाउनु पर्ने सकसपुर्ण अवस्थामा एमाले भित्र सर्वसम्मतिको पैरवी गर्दा एमाले ओलीको अधिनायकत्वमा फस्यो भन्ने देखि लिएर प्रदेश कमिटीका निर्वाचनमा प्यानलहरु नबनाउवा सहमतिमै गरोस भन्ने नेतृत्वको आशयलाई नकारात्मक ढंगबाट समाचार प्रेषण गर्ने अनि निर्वाचन भएको अवस्थामा नेतृत्वलाई विभिन्न तर्क(कुतर्क)हरु प्रस्तुत गरेर कहिले ओलीको सर्वस्वीकार्यता सकिएको भाष्य निर्माण तकहिले तल्ला कमिटिमा नेतृत्वको पकड खस्किएका जस्ताविचारहरु सम्प्रेषण भइरहने अवस्थाले जनमत वास्तवमै भ्रमितहुने आकलन एमाले पंक्तिले गरेको हुनुपर्छ । यसै सन्र्दभमा एमालेले संकल्पयात्रा शुरुगर्दै अघि बढ्दा यस यात्राका सवालमा पनि विभिन्न खालका टिप्पणीहरु आउन थालेको देखिन्छ ।

खासगरी गहिरिदै गरेको आर्थिक संकट,जनतामा बढ्दै गएको चरम निराशा तथा यसै बीचमा नेपालको आन्तरिक राजनीतिलाई तरल बनाएर आफ्नो स्वार्थको पक्षपोषण गर्न चाहने वैदेशिक शक्त्ति राष्ट्रहरुको चलखेलले नेपाल भित्र विभिन्न खालका मतभिन्नताहरु प्रकट हुन थालेको देखिन्छ । जनताका समस्याहरुलाई उठान गर्दै संघीयता,धर्म निरपेक्षता,अनि शासन प्रणालीका सवालमै प्रश्नहरु उठाउन थालिएको अवस्थामा सरकार बाहिर रहेको दल एमाले खासगरी ती सबै पक्षको निशानामा परेको भान हुन्छ ।

माओवादी हुदै एमाले बनेर विरक्तिएका दुर्गा प्रसाई देखि लिएर कोशी प्रदेशका विषयमा पहिचानवादीहरुको एमाले लक्षित गतिविधिहरुले एमाले माथी प्रहार भएको सहजै मान्न सकिन्छ त्यस बाहेक सरकारी गठबन्धका अछुत व्यवहार पनिएमाले लक्षित नै देखिन्छ। त्यस बाहेक एमाले अध्यक्षले विगतमा बोलेका बोली र व्यवहारको हवाला दिदै एमाले गणतन्त्रवादी र लोकतन्त्रवादी हुन सक्दैन भन्ने खालको भाष्य निर्माणमा खगेन्द्र संग्रौला, सिके लाल लगायत नारायाण वाग्लेहरुको नागरिक अगुवाहरुको समूह निरन्तर लागी रहेको अवस्था एकातिर छ भने अर्को तिर मुलधारका अधिकांश मिडियाहरु पनि एमाले प्रति असहिष्णु रहेको र उनीहरु एमालेलाई ताछ्नमै केन्द्रित रहेको भन्ने आम एमालेको बुझाईमा पनि धेरै हदसम्म सत्यता रहेको देखिन्छ ।

त्यसैगरी एमाले भित्रैका केही नेताहरुको बोली र व्यवहार पनि त्यस्ताखालका आरोप तथा लाञ्छनाहरुलाई मलजलदिने गरी हुने गरेको देखिन्छ । एमाले लक्षित गतिविधि मात्र होइन पछिल्लो समयमा व्यवस्थाप्रति नै विभिन्न खालका प्रहार हुन थालेको अवस्थामा एमालेले शुरु गरेको अभियानका विषयमा विभिन्न खालका टिप्पणी भएको देखिन्छ । र त्यस्ता टिप्पणीहरु एमालेलाई ताछ्न र खुइल्याउनचाहने पनितिनै व्यक्ति, समूह र गिरोहहरु हुन भन्नेमा कुनै दुविधा नरहे पनि एमाले भित्रैबाट त्यस्ता गिरोहहरुको प्रचारलाई निस्तेज पार्ने खालका सजगता नअपनाउनु चाही विडम्बनापुर्ण नै मान्नु पर्दछ ।

एमालेको संकल्पयात्रका सवालमा पनि यस्तै विभिन्न खालका नकारात्मक टिप्पणी र प्रचारहरु भएको देखिन्छ त्यस्ता लाञ्छनाहरुबाट जोगिन एमालेका नेताहरुले गर्ने आचरणमा सुधार त आवश्यक छ नै साथमा यस्ता कार्यक्रमले जनता र पार्टीमापारेको सकारात्मक प्रभावको बारेमा पनि उचित ढंगबाट जनमानसमा सन्देश प्रवाहगर्न सक्नु पर्दछ ।एमालेको यस अभियानमा नेताहरुले बाटामा परेका धार्मिक स्थलको भ्रमण गरेर समाजिक सञ्जालमा हालेका तस्वीरमा टिप्पणी गर्दै एमाले धार्मिक मुद्दामा विचलित भएको भन्ने भाष्यनिर्माण गर्ने अनि नेताहरुको स्कर्टिङ सहितको ताँती माथी नकारात्मक टिप्पणी गर्दै छोटे राजाहरुको जन्तीभन्ने जुनखालको विचार सम्प्रेषण भएको छ त्यो एमाले माथीको प्रहार नै हो । स्थानीय सम्बन्ध राष्ट्रिय सन्देश भन्दै थालेको यो जागरण अभियानले एमालेको सांगठनिक क्षमता त विस्तार गर्छ नै जनतामा छाएको नैराश्यतालाई सकारात्मक उर्जा सहित जनताको समस्याहरुलाई राष्ट्रिय स्तरमा उजागर गर्दै त्यस भुगोलले व्यहोरेको कठिनाई पहिचान हुने मात्र होइन त्यस क्षेत्रका सम्भावनाहरुको पनि खोजी गर्ने एमालेको बुझाइलाई सही ढंगबाट सम्प्रेषण गरी त्यस्ता भ्रमहरु चिर्न भने एमालेकै नेता तथा कार्यकर्ताहरुको बोली र व्यवहारमा तादम्यता देखिनु पर्दछ । अनि सोही अनुरुप जिम्मेवारी बहन गर्नु पर्दछ ।

समृद्दि यात्राको उद्देश्य भीड जम्मा पारेर समाचारमा छाउने र केही दिनको रमाइलो गर्ने मात्र होइन यस बीचमा नेताहरुले जनतासँग गरेका साक्षात्कार उठेका विषयलाई मुलुकले कसरी सम्बोधन गर्न सक्छ त्यसका समाधनका विषयमा पनि छलफल र बहसलाई व्यापक बनाउन जरुरी देखिन्छ । १८दिने यो यात्रा नेताहरुको भ्रमणका रुपमा स्मृतिमा मात्र नरहोस अनि एमालेलाई प्रहार गर्ने शक्तिहरुले भने झै केही दिनको रमाइलो मात्र नहोस भन्नका लागी यस अवधिमा कार्यकताहरुलाई बाटामा उपस्थितभएर नेताहरुको गर्धनमा माला र खादा लगाउन भीड जम्मा गरेर मात्र होइन यस बीचमाती क्षेत्रमा रहेका समस्या र त्यहाँ रहेको सम्भावनाहरुको पनि पहिचान गर्ने गरी नेताहरुको ध्यानाकार्षण गराउनु पर्दछ । नत्र विपक्षीहरुले भने झैं राजा नाँगै रहेको अवस्थामा उसको पोशाक एकदमै उत्कृष्ट रहेको भन्ने खालको जमातमात्र अभियानमा सरिक गराउन खोजियो भने न स्थानीय सम्बन्ध विस्तार हुन्छ नत राष्ट्रिय सन्देश प्रवाहगर्न सकिन्छ ।

जनताका मुद्दालाई आन्दोलनका नाममा सडक तताएर वा नारा लगाएर ठुला र चर्का भाषण गरेर मात्र होइन उनीहरुका बीचमा रहेर र उनीहरुलाई सुनेर पनि उठान गर्न सकिन्छ भन्ने सन्देश मात्र सम्प्रेषण गर्न सक्यो भने यस अभियानलाई सार्थक मान्न सकिन्छ । त्यस हिसाबमा अभियानको मध्यभाग सम्म आइपुग्दा एमाले यो अभियानबाट उत्साहित भएको देखिन्छ । उसले त्यस भेगकाजनतामा सकारात्मकउर्जा प्रवाह गरेको पनि देखिन्छ । यद्यपि एमालेले यात्रालाई विभिन्न खालको भ्रम र अफवाहबाट जोगाउनका लागी भने नेताहरुको महिमा गान गाउन लगाउने वा चाप्लुसीमा रमाउने गलत भजन मण्डलीहरुबाट जोगाएर वास्तवमै जनतासँग एकाकार हुने आचरण र व्यवहार प्रर्दशन गर्नु पर्दछ ।

Facebook Comments