
बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको सङ्कल्प यात्रा आज गोरखा आईपुगेकोे छ ।
बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, कास्की हुँदै एमालेको यात्रा आज गोरखाको आरुघाट आईपुगको हो ।
संङ्कल्प यात्राका क्रममा गोरखाको आरुघाट आईपुग्नुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले दलाली गर्दा बुढीगण्डकी आयोजनाको काम अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । बुढीगण्डकी आयोजनामा सरकारले दलाली गरेकै कारण पटक पटक रद्ध हुँदै आएको उहाँको आरोप छ ।
राष्ट्रियताको पक्षमा अहिलेको गठबन्धन सरकारले बोल्न नसकेको बताउदै आयोजना निर्माणमा पनि भागबण्डा गर्ने गरेको उहाँको भनाई छे मध्यपहाडी राजमार्ग एमाले सरकारले बनाएको उहाँले बताउनुभयो ।
अब एमालेले मात्रै देशलाई मर्माद हन बाट जोगिन मिसन ८४ सफल पार्नुपर्ने र गठबन्धन सरकारलाई पराजित गर्नुपेर्नेमा जोड दिनुभयो । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित ९ दिनअघि शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर टुङ्गिने छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा १९ दिनसम्म चल्ने अभियानमा झन्डै २ हजार किलोमिटरको यात्रा र लाखौँ स्थानीयवासीसँग छलफल गर्ने एमालेले जनाएको छ ।
सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोवास गर्ने स्थानीयवासीसँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्य रहेको एमाले नेताहरूले बताएका छन् ।