
माघ १० गते बुधबारदेखि नवौं धादिङ महोत्सव सुरु हुँदैछ । गजुरी गाउँपालिकाको वडा नम्बर ५ गलौँदी स्थित त्रिशुली किनारमा हुने नवौं धादिङ महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने
गर्दैहुनुहुन्छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा गजुरी गाउँपालिकाको संरक्षकमा ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूलनारासहित माघ १० गतेदेखि २१ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने तय भएको आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटन सुरुहुनु अघि माघ १० गते गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भल्कने भेषभूषा सहितको ¥याली निकालिने उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष विष्णु थपलियाले बताउनुभयो। महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वन रहेको छ ।
यस्तै दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगेतिक प्रस्तुती रहनेछ । महोत्सवमा स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि प्रदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा २४० ओटा स्टल रहने छन् ।