
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित आज बुधबारदेखि नवौं धादिङ महोत्सव सुरु भएको छ । गजुरी गाउँपालिकाको वडा नम्बर ५ गलौदीस्थित त्रिशुली नदीको किनारमा आयोजित महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो ।
आज १०गतेदेखि २१ गतेसम्म संचालन हुनेछ । महोत्सव उद्घाटन पुर्व पृथ्वीराजमार्गको ठाउँठाउँबाट विभिन्न जातीय पहिचान र भेषभुषा झल्काउने गरी ¥याली निकालिएको थियो ।
महोत्सवमा कृषि प्रर्दशनी र त्रिशुलीमा ¥याफ्टीङ मुख्य आकर्षको रुपमा रहेको छ । जिल्ला भित्रका कृषिजन्य उत्पादन र जल यात्रालाई प्राथमिकता दिने उद्देश्यले पृथ्वी राजमार्ग र त्रिशुली नदीको किनारमा महोत्सव आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे छ ।
दुई सय ५० स्टलहरु रहेको महोत्सवमा पाँच करोड भन्दा बढीको व्यापार हुने बताइएको छ ।