धादिङको निलकण्ठ नगरपालिका-५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । एउटै घरका पाँच जना सहित आठ  जना घाइते भएका छन् ।

पतेनी भन्ने ठाउँबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुने मध्ये पाँच जना बालबालिका छन् ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्दार गरि अस्पताल तर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

Facebook Comments