२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ सेवा समाज कतारद्वारा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीलाई सम्मान

धादिङ सेवा समाज कतारद्वारा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीलाई सम्मान

धादिङ सेवा समाज कतारले लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीलाई सम्मान गरेको छ ।

तनहुँ सेवा समाज कतारले आयोजना गरेको कार्यक्रममा कतार पुग्नुभएकी गायिका डल्लाकोटीलाई कतारको नज्मा स्थित ओल्ड दरबार रेष्टुरेन्टको सभाहलमा सम्मान गरिएको सहकर्मी राज श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङ सेवा समाज कतारका संयोजक सोमनाथ कडेलको सभापतित्व सम्पन्न कार्यक्रममा गायिका अस्मिता डल्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । गायिका डल्लाकोटीले नेपालबाट कतार आएर आफ्नो प्रस्तुति दिन पाउँदा आफूलाई निकै गौरव लागेको बताउदै धादिङ सेवा समाज कतारले दिएको यो माया र सम्मानले जन्मभूमिप्रति अझ जिम्मेवारी थपिएको र गीत संगीतमा मिहेनत गर्न ऊर्जा मिलेको बताउनुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।