२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बेरुजु शुन्य

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बेरुजु शुन्य

महालेखा परिक्षकको ६१ वर्षिक प्रतिवेदन अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु शुन्य कायम गर्न सफल भएको छ ।

बेनिघाट रोराङ गाउंपालिका सहित देशभर जम्मा ५ वटा स्थानिय तहले मात्र शुन्य बेरुजु कायम गर्न सफल भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष अर्यालले जानकारी दिनुभयो । धादिङको १३ स्थानिय तह मध्ये नेत्रावती डबजोङ गाउँपालिकाको २०८/०८१ मा बेरुजु ० दशमलव ०४ प्रतिशत रहेको छ । भने नीलकण्ठ नगरपालिकाको ० दशमलव ४९ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै बेरुजु फछ्यौटमा गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३, रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालमुखी गाउँपालिकाको ३ दशमलव ०४, थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ र धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षको प्रतिवेदनले देखाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।