२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गोरखाको धार्चेमा पहिरोमा पुरिएर ५ जना बेपत्ता

गोरखाको धार्चेमा पहिरोमा पुरिएर ५ जना बेपत्ता

गोरखाको धार्चेमा पहिरोमा पुरिएर ५ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसामा पहिरोले जितबहादुर गुरुङको कृषि फर्म र अर्को एउटा घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रभावित ठाउँ जिल्लाको दुर्गम भेगमा रहेको र फोन सम्पर्क हुन कठिनाइ भएकाले थप विवरण आउन नसकेको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीको टोली प्रभावित क्षेत्रमा गइसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।