
गायिका अनु अधिकारीको तेस्रो सांगेतिक कोसेली ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ ।
पवन कोईरालको शब्द तथा लबोनी प्रमोदको संगीत संयोजन रहेको उक्त गीतमा अनु अधिकारीको स्वर रहेको छ । भिडियोमा चर्चित मोडल बिना राउत र सरोज अमगाईको अभिनय देख्न सकिन्छ ।
पुरुषोत्तम सुवेदीको ऐरेन्ज रहेको उक्त गीतमा प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ । भिडियोलाई करण सुनार र युमी बलामीले खिच्नुभएको हो भने करण सुनारको निर्देशन तथा पवन सुस्लीङले सम्पादन गर्नुभएको हो ।
एक दशदेखि सांगेतिक क्षेत्रमा सक्रिय गायिक अधिकारीको यस अघि ‘तिम्रो मन त सुनको महल’, ‘आउ है कान्छा’ लगायत गीत दर्शक स्रोत माझ चर्चित छ ।
अनु अधिकारीकै आधिकारीक यूटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस् :