२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इजरायलमा रहेका नेवार समुदायले मनायो म्ह : पूजा र नेपाल संवत ११४५

इजरायलमा रहेका नेवार समुदायले मनायो म्ह : पूजा र नेपाल संवत ११४५

कार्तिक १७

इजरायल – नेवार समुदायको साझा एवं सामाजिक संस्था राष्ट्रिय नेवा : खल : इजरायलले म्ह : पूजा र नयाँ वर्ष ११४५ एक विशेष कार्यक्रम सहित मनाएको छ । शनिबार इजरायलको आधुनिक सहर तेलअभिव स्थित यसोदा हमालामा कार्यक्रम गरिएको हो ।

के हो म्ह : पूजा
म्ह : पूजा हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले मह : पूजा (आत्म) पूजा मनाउने गर्दछन् । मानव जातिको सबैभन्दा महत्वपूर्ण चिज आत्मा भएकोले आत्म पूजा गर्ने प्रचलन रहेको हो । मानिसको आत्मलाइ खुशी र सन्तुष्ट बनाइ राख्न सके देवता खुशी भई आर्शीवाद दिने र मनोकांक्षा पुरा हुने धार्मिक तथा ऐतिहासिक विश्वास रहेको छ ।

नेपाल संवत
परापूर्व कालमा एक दैविक प्रकोपका कारण धेरै जन, धनको क्षती भएको र दु : खका साथ आफ्नो जीवन बाँचिरहेका देशवासीहरुलाइ शङ्गधर साख्वाले ऋणबाट मोचन गरिदिएको दिन राष्ट्रिय विभूति शङ्गधर साख्वाले वि.सं. ९३७ इ.सं ८८० मा नेपाल संवतको सुरुवात गरेको हो ।

“नेपाल संवत, नेपाल भाषा, लिपी, धर्म र संस्कार, संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरौं ” भन्ने नारा सहित राष्ट्रिय नेवा : खल इजरायललकी अध्यक्ष ज्योती प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दुतावास इजरायलका कार्यवाहक राजदुत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । भने आदिवासी जनजाति महासंघ इजरायल शाखाका अध्यक्ष मनु श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । यसै गरी कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न जातिय, सामाजिक र राजनैतिक संघ – संगठनका प्रमुख तथा प्रतिनीधिहरुको साथमा नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत विशेष अतिथिहरुले आ—आफ्नो तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय नेवा : खल इजरायलका साथै विभिन्न क्षेत्रमा योगदान र सहयोग गर्नुहुने विभिन्न विशिष्ट व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । यसै गरी कार्यक्रममा सहभागीहरुलाइ नेवार समुदायले सगुनको रुपमा वासा लगायतका विभिन्न परिकारहरु खुवाएको थियो ।

सन् २०१० मा स्थापना भएको राष्ट्रिय नेवा : खल इजरायलले आफ्नो स्थापनाकालदेखि आफ्नो समुदाय र सिङ्गो आदिवासी जनजाति समुदायको आर्थिक, सामाजजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्ति र सुनिश्चितताको लागि विभिन्न किसिमका आर्थिक, सामाजिक र रचनात्क कार्यक्रमहरुका साथमा पैरवी र बहस पनि गर्दै आएको नेवा : खल इजरायलले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
दोलख गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।