१० कार्तिक
इजरायल – नेपाल तामाङ घेदुङ इजरायलको १४ औं वार्षिकोत्सव तथा १० औं अधिवेशन यहि आउदो नोभेम्बर १५ मा हुने भएको छ । कार्यक्रम इजरायलको तेलअभिव स्थित Yesud Ha-Ma’ala St. 44 मा हुने आयोजक संस्थाले जनाएको छ ।
इजरायलमा रहेका तामाङ समुदायका मानिसहरुले विशेष गरि तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरेका हुन । यस संस्थाको संस्थापक अध्यक्ष बिबी योञ्जन तामाङ थिए ।
नेपाल तामाङ घेदुङ इजरायलले वार्षिकोत्सव तथा अधिवेशन तयारीको लागि नेपाल तामाङ घेदुङ इजरायलका निवर्तमान अध्यक्ष एवं वर्तमान कार्य समितिका प्रमुख सल्लाहकार शंकर गोले तामाङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा आमन्त्रीत सल्लाहकार सदस्य एवं संरक्षक परिषदका सदस्य / संघिय सदस्य सुन्दर सिंह योञ्जन तामाङ र संरक्षक परिषदका सदस्य पेमा लामा पाख्रिन तामाङ रहेका छन् । यस अधिवेशनले आगामी एक वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
साथै संस्थाले आगामी नोभेम्बर १० गतेसम्मको लागि नयाँ सदस्यता वितरण र पुराना सदस्यता नविकरणको लागि सबैलाइ जानकारी सहित अनुरोध गरेको छ । नयाँ सदस्यताको लागि २० सेक्केल र पुराना सदस्यता नविकरणको लागि १० सेक्केल शुल्क तोकेको छ ।
नेपाल तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाकालदेखि आफ्नो समुदाय र सिङ्गो आदिवासी जनजाति समुदायको आर्थिक, सामाजजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्ति र सुनिश्चितताको लागि विभिन्न किसिमका आर्थिक, सामाजिक र रचनात्क कार्यक्रमहरुका साथमा पैरवी र बहस पनि गर्दै आएको छ ।
नेपाल तामाङ घेदुङ इजरायलले सन् २०१८ देखि तामाङ शैक्षिक अक्षय कोष स्थापना गरी अक्षय कोष मार्फत नेपालमा रहेका गरिब, जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सहयोग गर्दै आएको नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष रोजी मुक्तान तामाङले जानकारी दिनुभयो । यस संस्थाले विभिन्न समयमा नेपालमा हुने प्राकृतिक विपत्त र समस्याहरुमा पनि आर्थिक सहयोगहरु गर्दै आएको छ ।
साथै अध्यक्ष तामाङले वार्षिकोत्सव तथा अधिवेशनको तयारी भईरहेको हुँदा कार्यक्रम सफल पार्न इजरायलमा हुनुहुनै सबै नेपालीहरुलाइ सहयोग र सहभागीताको लागि अनुरोध गरेका छन् । यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने विशिष्ट व्यक्तित्वहरुलाइ सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।