
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आजदेखि दोस्रो सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । मंसिर १५ गते सम्म चल्ने मेलाको बुधबार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गर्नुभएको हो ।
मेला उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री सिलवालले लोप हुदै गएको थुप्रै रैथानेबालीहरु सल्यानटारमा उत्पादन हुने भएकोले सिंचाईको व्यवस्था भए किसानहरु आत्मनिर्भर बन्ने बताउनुभयो । मेला महोत्सवको माध्यमबाट कृषि क्षेत्रमा आकर्षित गर्नु राम्रो काम भएको भन्दै मन्त्री सिलवालले उत्पादित कृषि जन्य उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा युवालाई रोजगारी दिलाउन सकियो भने सल्यानटार एउटा उदाहरणीय क्षेत्र बन्ने बताउनुभयो ।
स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पु¥याउन मेलाको आयोजना गरिएको आयोजक संस्था हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो । स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पु¥याऔंं भन्ने मूल उद्देश्य सहित सञ्चालन भएको महोत्सवमा राष्ट्रिय कलाकारहरु राजु परियार, एलिना चौहान लगायतका कलाकारहरुको दैनिक प्रस्तुती रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो । मंसिर ५ गतेदेखि सुरु भएको महोत्सव मंसिर १५ गतेसम्म चल्नेछ । महोत्सवमा करिव एक लाख जनाले महोत्सवको अवलोकन गर्ने आयोजकले अनुमान लगाएको छ ।