धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यान्टारमा हुने दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला बुधबारदेखि सुरु हुँदैछ । मेलाकोे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गर्दै हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मेलाको उद्घाटन गर्ने भनिएपनि कार्य ब्यस्थताले गर्दा आउन नसकिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

माओवादीकै साथीहरुको आन्तरिक द्धन्द्धका कारण अन्तिम समयमा प्रमुख अतिथि परिवर्तन गर्न बाध्य भयौं, यसबाट पर्ने गर्न गएको असुविधा प्रति हामी क्षमा चाहन्छौं मेला आयोजक संस्थाका एक सदस्यले भन्नुभयो ।

‘स्थानिय श्रोतको प्रर्बद्धन गरौं, देश विकासमा टेवा पु¥यौं’ भन्ने नारा सहित मंसिर ५ देखि १५ गते सम्म त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारमा महोत्सव हुँदै छ । स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा हुने मेलामा संरक्षकको रुपमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को कार्यालय र प्रर्वद्धकमा त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय, सल्यान्टार धादिङ रहेको छ ।

Facebook Comments