मंसीर ९, २०८१,-इजरायल

इजरायल मध्य पूर्वमा अवस्थित स्वतन्त्र र यहुदिहरुको राज्य हो । इजरायलको कुल क्षेत्रफल २० हजार ७ सय ७० वर्ग किलोमिटर रहेको छ । इजरायलको कुल जनसंख्या हाल ९० लाख भन्दा बढि छ । त्याहाँ २ प्रतिशत मात्र पानीको मात्रा रहेको छ । २९.७० प्रतिशत कृषि योग्य जमीन रहेको छ । उक्त जमिनमा देशको लागि आवश्यक पर्ने करिब ९५ प्रतिशत खाद्यान्न र तरकारी उत्पादन इजरायलले आफै गर्छ ।

इजरायलमा कृषि उत्पादनको लागि अनुकुल हावापानी भएकोले गहु, मकै, किभि, एभोकार्डो, केरा, स्याऊ, अङगुर, काँक्रो, आँप, टमाटर लगायत सबै प्रकारको उत्पादन इजरायलमा हुन्छ । त्यस्तै दुग्ध उत्पादन, वाईन, सीट्रस र फुल उत्पादनमा पनि इजरायल अग्रस्थानमा रहेको छ । यसरी कृषि क्षेत्रमा अव्बल हुनुको पछाडी इजरायलको कृषि प्रणाली किवुज (सहकारी) र मोसाव (व्यक्तिगत) उत्पादन प्रणालीको साथै कृषि क्षेत्रको विकासको लागि अध्यायन, अनुसन्धान र आधुनिक प्रविधीको विकास र प्रयोग नै हो ।

इजरायलमा २०२३, अक्टोबर ७ तारिक प्यालेष्टाइन समर्थित हमास समूहले इजरायलमा गरेको आक्रमण र त्यसपछि इजरायलले गरेको प्रत्याक्रमण अहिलेसम्म पनि जारी छ । युद्धका कारण इजरायलको कृषि, उद्योग, होटल, रेस्टुरा र निर्माणका साथै अन्य विभिन्न क्षेत्रमा कार्यरत विभिन्न देशका कामदारहरु स्वदेश फर्किएको थियो । युद्धका कारण इजरायलको कृषि, केयर सेन्टर, निर्माण, होटल रेष्टुरा लगायतका क्षेत्रहरुमा कामदारको अभाव छ ।

नेपाल सरकार र इजरायल सरकारबीच कृषि क्षेत्रमा कामदार पठाउने र लाने द्धपक्षीय औपचारिक समझदारी भएको छैन । यध्यपी इजरायल र नेपालबीच विभिन्न चरणमा वार्ता र छलफल भने भइरहेको छ । यस अघि प्रशिक्षार्थी कामदारको रुपमा नेपालबाट विद्यार्थीहरु लगे पनि युद्धका कारण रोकिएको छ । सरकारी स्तरबाट नेपाली कृषि कामदार पठाउन नसके पनि विभिन्न माध्यमबाट नेपाली कामदारहरु इजरायल पुगेका छन् ।

अहिले इजरायलको कृषि क्षेत्रमा काम गरिरहेका नेपाली युवाहरुको आधिकारीक डाटा नभए पनि धेरैको संख्यामा नेपाली युवाहरुले इजरायलको कृषि क्षेत्रमा काम गरिरहेका छन् । इजरायलको कृषि क्षेत्रमा काम गर्ने युवाहरुले मासिक करिब दुई लाख रुपैंया आम्दानी गर्न सकिने भएको हुँदा पनि त्याहाँ युवाहरुको आकर्षण बढ्दो छ । त्यसका साथै इजरायली कृषकहरुले पनि नेपाली कामदारहरुलाइ रुचाउने गरेको पाईन्छ ।

यद्यपी त्यसरी विभिन्न माध्यमबाट इजरायल पुगेका नेपाली युवा कामदारहरुको दुई देशका बीचमा कुनै पनि आपसी सम्झौताहरु भएको छैन । ती नेपाली कामदारहरुको नेपालस्थित वैदेशिक रोजगार विभागमा श्रम स्वीकृत नभएको, स्वास्थ्य परिक्षण, स्वास्थ्य विमा, रोजगार दाता कम्पनी र कामदारको बीचमा काम र सेवा सुविधाको विषयमा करार सम्झौता नभएको कारण भविष्यमा समस्या हुन सक्नेछ । यस किसिमको समस्या समधानको लागि इजरायलमा रहेका नेपाली युवाहरुले इजरायलका लागि नेपाली दुतावास र नेपाल सरकारसंग अनौपचारीक रुपमा अनुरोध गरिरहेका छन् ।

यसका साथै आगामी दिनमा नेपाल र इजरायलको बीचमा इजरायलको कृषि क्षेत्रमा नेपाली युवा कामदार वैधानिक रुपमा पठाउनको लागि नेपालले पहल कदमी गर्नुपर्ने आवश्यकता देखिन्छ । जसको माध्यमबाट नेपालमा बढ्दो युवा बेरोजगार न्युनिकरणका साथै रेमिट्यान्स वृद्धि गर्न सकिन्छ ।

 

 

 

 

Facebook Comments