२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कतारमा ‘बृहत सांस्कृतिक नयाँ वर्ष धमाका–२०२५’ हुँदै

कतारमा ‘बृहत सांस्कृतिक नयाँ वर्ष धमाका–२०२५’ हुँदै

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा धादिङ सेवा समाज कतारले अप्रिल ११ तारिक शुक्रबार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘बृहत सांस्कृतिक नयाँ वर्ष धमाका–२०२५’ नाम दिईएको कार्यक्रमको तयारीलाई तिव्र पारेको आयोजकले जनाएको छ । अति विपन्न चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा चर्चित गायक मिलन लामा लगायतका कलाकारहरुको सांगेतिक प्रस्तुती रहने धादिङ अपडेट संवाददाता राज श्रेष्ठले जानकारी दिनुभयो ।

“धादिङ सेवा समाज कतारको मूल मर्म, समाज सेवा नै हो मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ सन् २००१ मा कतारमा स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।