नेपाली नयाँ वर्ष २०८२ को अवसरमा धादिङ सेवा समाज कतारले अप्रिल ११ तारिक शुक्रबार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘बृहत सांस्कृतिक नयाँ वर्ष धमाका–२०२५’ नाम दिईएको कार्यक्रमको तयारीलाई तिव्र पारेको आयोजकले जनाएको छ । अति विपन्न चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा चर्चित गायक मिलन लामा लगायतका कलाकारहरुको सांगेतिक प्रस्तुती रहने धादिङ अपडेट संवाददाता राज श्रेष्ठले जानकारी दिनुभयो ।

“धादिङ सेवा समाज कतारको मूल मर्म, समाज सेवा नै हो मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ सन् २००१ मा कतारमा स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Facebook Comments