२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न राष्ट्रपतिको आग्रह

समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न राष्ट्रपतिको आग्रह

असोज १९, काठमाडौं
आज काठमाडौंमा आयोजित वातावरण सम्मेलन कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति विद्या भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाइ साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । वातावरण प्रदूषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नु पर्ने पनि स्पष्ट पार्नुभयो ।
साथै कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभाव र असरलाइ रोक्न सरकार लागि पर्ने पनि बताउनुभयो । मन्त्री बस्नेतले वातावरण सम्मेलनले स्वच्छ वातावरण निर्माणका लागि ठोस धारणा तय गर्न सघाउ र्पुयाउने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।