२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल विजयी, थाइल्याण्ड १८ रनमा समेटियो

नेपाल विजयी, थाइल्याण्ड १८ रनमा समेटियो

असोज २१,काठमाडौ
आज मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा भएको आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’ अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरको खेलमा सात विकेटको क्षतिमा १७२ रन बनाएको थियो । १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाउँदै १८ रन जोडेको थियो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भण्डारीले १५ रन जोडेको थियो ।

थाइल्याण्डलाई सस्तोमा रोक्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिएको थियो । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल आज सहित तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा उक्लिएको छ । साथै भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपाल र बङ्गलादेश बिचको खेल जारी रहेको छ । भूटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा फाइनल खेल भइरहेको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।