
संघीय सरकारले धादिङ जिल्लालाई ४ अर्ब ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संघीय अनुदान अन्तरगत धादिङका २ नगरपालिका र ११ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गर्न सो रकम उपलब्ध गराउने भएको हो ।
चालु खर्च, पूँजिगत खर्च र अनुदानका कार्यक्रमहरु संचालन गनृका लागि जनसंख्याको आधारमा स्थानीय सरकारलाई रकम उपलब्ध गराउँदै आएको छ । संघीय सरकारले नीलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी ७० करोड ७८ लाख, उपलब्ध गराउने भइएको छ भने सबैभन्दा थोरै रुबभ्यिाली गाउँपलिकालाई १८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री पौडेलले पेश गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
धुनीबेसी नगरपालिकालाई ३० करोड ८२ लाख, खनियाबास गाउँपालिकालाई २२ करोड ४० लाख, गंगाजमुना गाउँपालिकालाई ३६ करोड ९७ लाख, गजुरी गाउँपलिकालाई ३४ करोड ८ लाख, गल्छी गाउँपलिकालाई ३६ करोड ३६ लाख, ज्वालामुखी गाउँपलिकालाई ३६ करोड १५ लाख, त्रिपुरासुन्दरी गाउँपलिकालाई ३९ करोड ४२ लाख, थाक्रे गाउँपलिकालाई ४१ करोड ९६ लाख, नेत्रावती डबजोङ गाउँपलिकालाई २४ करोड ८१ लाख, बेनिघाटरोराङ गाउँपलिकालाई ४५ करोड ९९ लाख र सिद्धलेक गाउँपलिकालाई ३५ करोड ५७ लाख गरि धादिङका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट बजेट संघीय सरकारले विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।
कर्मचारी तलव, विकासका आयोजना तथा विभिन्न अअर्स अनुदानको लागि रकम उपलबध गराइएको छ ।