
असोज २१ ।
नेत्रावती डवजोङ गाउपालिका वडा न ३ मा रहेको चौतारा माध्यमिक विद्यालयल सञ्चालनमा सहयोग गर्ने व्यक्तिहरुलाई आईतबार सम्मान गरेको छ ।
आईतबार एक कार्यक्रमका विच ११ र १२ कक्षा सञ्चालनका लागि सहयोग गर्ने सहयोगीहरुलाई विद्यालयले सम्मान गरेको हो ।
यही वर्ष देखी ११ र १२ कक्षा सञ्चालनमा सहयोग गर्नुहुने व्याक्तिहरुलाइ सम्मानका साथै शुभकामना आदानप्रदान गरिएको वडा अध्यक्ष विजय कुमार पाख्रिनले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अनुसन्धान विभागका प्रमुख डिएसपी सुदिप अधिकारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले चौतारा माविलाइ शिक्षामा गुणस्तरिय बनाउनका लागी सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।