असोज २२, काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आईतबार हुने भनिएको सचिवालयको बैठक बस्न नसके पछि आज विहान बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परामर्श अनुसार हिजो आईतवारका लागि सचिवालयको बैठक बोलाएको थियो । हिजो दिउँसो तीन बजेका लागि तय भएको बैठक कार्यव्यस्तताका कारण शीर्ष नेताहरू उपस्थित हुन नसकेपछि अन्तिम समयमा बैठक स्थगित गरिएको थियोे । आज हुने सचिवालयको बैठकमा तल्ल तहका समितिहरुको एकता, सरकारको काम कारवाही, पार्टी भित्रको आन्तरिक विवाद लगायतको विषयमा छलफल गर्नका लागि पार्टी सचिवालयको बैठक बोलाइएको नेताहरुले जनाएको छ । जनवर्गीय संगठनको एकताका लागि बनेको कार्यदलले आ–आफ्नो प्रतिवेदन सचिवालयलाई बुझाई सकेका छन् । सचिवालयले त्यसबारेमा पनि छलफल गरी टुङ्गो लगाउन बाँकी रहेको छ ।

Facebook Comments