२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हिजो स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्दै

हिजो स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्दै

असोज २२, काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आईतबार हुने भनिएको सचिवालयको बैठक बस्न नसके पछि आज विहान बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परामर्श अनुसार हिजो आईतवारका लागि सचिवालयको बैठक बोलाएको थियो । हिजो दिउँसो तीन बजेका लागि तय भएको बैठक कार्यव्यस्तताका कारण शीर्ष नेताहरू उपस्थित हुन नसकेपछि अन्तिम समयमा बैठक स्थगित गरिएको थियोे । आज हुने सचिवालयको बैठकमा तल्ल तहका समितिहरुको एकता, सरकारको काम कारवाही, पार्टी भित्रको आन्तरिक विवाद लगायतको विषयमा छलफल गर्नका लागि पार्टी सचिवालयको बैठक बोलाइएको नेताहरुले जनाएको छ । जनवर्गीय संगठनको एकताका लागि बनेको कार्यदलले आ–आफ्नो प्रतिवेदन सचिवालयलाई बुझाई सकेका छन् । सचिवालयले त्यसबारेमा पनि छलफल गरी टुङ्गो लगाउन बाँकी रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।