असोज २५ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ३ स्थित मलेखुमा बुधबार देखी सुपथ मुल्य पसल तथा साप्ताहिक हाट बजार सञ्चालनमा ल्याइएको छ ।
परोकार कृषी तथा पशुपालन सहकारी संस्था लिमिटेड रिचोकटार मलेखुले कालो बजारी तथा महङी नियन्त्रण गर्ने उद्देश्यले उक्त सुपथ मुल्य पसल तथा साप्ताहिक हाट बजार सन्चालनमा ल्याएको सहकारीका अध्यक्ष शेषकान्त कडेलले बताउनु भयो ।
हाटबजारमा विशेष गरि दशै तिहारलाई लक्षित गरि स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफुल, दैनिक उपभोग्य सामानहरु राखिएको अध्यक्ष कडेलले बताउनुभयो । हाट बजारको आज प्रतिनिधिसभा सदस्य भुमि त्रिवाठी र गाउपालिकाका अध्यक्ष जितबहादुर डल्लाकोटीले औपचारिक उद्घाटन गर्नुभएको थियो ।
सहकारीले संचालनको गरेको हाट बजार दशैतिहारभरि दैनिक संचालन गर्ने र पछि साताको १ दिन संचालन गर्ने अध्यक्ष कडेलले बताउनुभयो । विशेष गरि स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनि हाट बजार संचालन गरिएको अध्यक्ष कडेलले जानकारी दिनुभयो ।