असोज २६,धादिङ
विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा माक्र्सवाद अध्यायन प्रतिष्ठान धादिङले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै आजको २१ औं शताब्दीमा माक्र्सवादी विचार, दर्शन र सिद्धान्तको वैज्ञानिक प्रयोगबाट मात्र नेपालमा रहेको विद्यमान वर्गीय समस्या समाधान गर्दै सुखि र समृद्ध नेपाल निर्माण गर्न सकिने कार्यक्रममा सहभागी नेताहरुले बताउनुभयो । साथै अहिले केहि नेताहरुमा माक्र्सवादी, कम्युनिष्ट नेतामा हुनुपर्ने गुण र व्यावहारहरु विस्तारै स्खलित हुदै गएको पनि नेताहरुले औल्याउनुभयो । शुभकामना आदान–प्रदान कार्यक्रममा नेकपा धादिङका सस्थापक नेता जग्गनाथ नेपाल, रामबहादुर भण्डारी, माक्र्सवाद अध्यायन प्रतिष्ठान धादिङका अध्यक्ष सिताराम कोईरालाका साथै नेकपाका नेता, कार्यकर्ता, वुद्धिजिवि, समाजसेवि, शुभचिन्तक सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

माक्र्सवाद अध्यायन प्रतिष्ठान धादिङले विभिन्न समयमा माक्र्सवादी विचार, सिद्धान्त र दर्शनको विषयमा विभिन्न किसिमका विचार गोष्टिहरु सञ्चालन गर्दै आइरहेको छ । विशेष गरि नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच एकताको वहस चलिरहदा यस प्रतिष्ठानको स्थापना गरिएको हो । पार्टी एकतालाइ स्थानिय स्तरदेखिनै एकतावद्ध बनाउँदै माक्र्सवादि विचार सिद्धान्तको विषयमा आम नेता कार्यकर्ताहरुलाइ सु–सुचित गराउदै एक माक्र्सवादि सच्चा कम्युनिष्ट पार्टी निर्माणको लागि यस अध्यायन प्रतिष्ठान स्थापना गरिएको संस्थाका अध्यक्ष सिताराम कोइरालाले जानकारी दिनुभयो । साथै यस प्रतिष्ठालने आगामि दिनमा अझै ठूला–ठूला विचार गोष्टिहरुको आयोजना गर्ने पनि बताउनुभयो ।

Facebook Comments