संयुक्त यातयात भलाई एण्ड ईन्भेष्टमेन्ट प्रा.लि.धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी गुरुङ गाउँबाट माईक्रोबस सेवा सुरुवात गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को काफलपानी, छाप, हटिया निगालपानी सँगै ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ को काउलेडाँडाँ, डाँडाँगाउँ लगायतका स्थानियहरुलाई लक्षित गर्दै आजदेखि ईभिबस सेवा सञ्चालनमा ल्याएको संयुक्त यातयात भलाई एण्ड ईन्भेष्टमेन्ट प्रा.लि.का अधयक्ष रामशरण थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार बस प्रत्येक दिन विहान ९ बजे काफलपानीबाट काठमाण्डौंको लागि छुट्ने र काठमाण्डौंबाट पुनः काफलपानीमै फर्किने बताउनुभयो । यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको खहरे, लपाङ लगायत क्षेत्रका स्थानियहरुलाई पनि लक्षित गर्दै बस सेवा आजैदेखि सञ्चालनमा आएको छ ।

उक्तबस दैनिक लपाङबाट विहान ६ः३० बजे काठमाण्डौंको लागि छुट्ने अध्यक्ष थापाले बताउनुभयो । यात्रुलाई छिटो छरितो र सुरक्षीत यात्रा प्रदान गर्नको निमित्त बस सेवा सञ्चालनमा ल्याईएको उहाँको भनाई छ।

Facebook Comments