२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चीनको उच्च गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

चीनको उच्च गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

चीनको उच्च गतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गरेको छ । नयाँ रेल सञ्चालनमा आएसँगै उच्च गतिको रेल नेटवर्कको सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनको उच्च गतिको रेल सेवाहरूले अब पाँच लाखभन्दा धेरै शहरी जनसङ्ख्या भएका ९७ प्रतिशत शहरहरूलाई समेट्ने खबरमा उल्लेख छ ।

राज्य प्रसारक सीसीटीभीका अनुसार नयाँ उच्च गतिको रेल सेवा चीनको ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध टेराकोटा योद्धाहरूको घर सिआन शहरबाट शु भइ उत्तरतर्फ यानान शहरसम्म सञ्चालनमा आएको हो । यी दुवै शहर उत्तरी चीनको साङ्सी प्रान्तमा पर्दछन् ।

सन् २०२० को तुलनामा चीनको समग्र रेल नेटवर्क झन्डै ३२ प्रतिशतले विस्तार भएको चाइना रेल्वेले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

सी नाइन–थ्री–जेरो–नाइन नाम ट्रेन अधिकतम तीन सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने गरेको छ । यस गतिले जापानको प्रसिद्ध शिन्कान्सेन रेललाई समेत उछिनेको छ जसको अधिकतम गति तीन सय २० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।