असोज २८, धादिङ ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको मार्पाकमा जारी ‘दोस्रो नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगितामा आईतबार पाचौँ दिन ३ सेट खेल खेलाइएको छ । आईतबार नेत्रावती डवजोङ गाउँपालिका र आयोजक वि बिच भएको खेलमा आयोजक वि ले जित हात पार्न सफल भएको छ ।

यस्तै आयोजक समुह ए र सदावहार युवा क्लव बिच भएको खेलमा आयोजक समुह ए, आयोजक समुह जी र हच्चे युवाक्लव विच भएको खेलमा हच्चे युवा क्लवले जित हात पार्न सफल भएको आयोजक संस्था मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीले जानकारी दिनुभयो ।

सोमबार योङ स्टार क्लव र हुच्चे युवा क्लव ए, आयोजक समुह ए र आयोजक समुह वि विच सेमिफाइनल खेल हुने छ । मार्पाक सामुदायिक क्लबको आयोजना, सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाजको सह आयोजना, नेत्रावती डपजोङ्ग गाउँपालिकाको कार्यालयको सहकार्य तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगीता आयोजना गरिएको हो ।

असोज ३० सम्म चल्ने प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगीमध्येबाट म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समेत बताइएको छ ।

Facebook Comments