२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१९ बर्ष मुनिको महिला छनोट फुटबलमा नेपालसंग भारत पराजित

१९ बर्ष मुनिको महिला छनोट फुटबलमा नेपालसंग भारत पराजित

कात्तिक ९ ।
थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबलमा नेपालले आजभारतमाथि शानदार जित निकालेको छ ।

नेपाल २–० ले विजयी भएको छ । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि गोल गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गर्नुभयो । यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ ।

नेपाल पहिलो खेलमा आयोजक थाइल्यान्डसित ३–० ले पराजित भएको थियो । नेपालले छनोटको अन्तिम खेलमा कात्तिक ११ गते पाकिस्तानसित प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् । प्रत्येक समूहबाट उत्कृष्ट हुने दुई उपविजेता पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।