Dead body in a mortuary
कात्तिक १०, काठमाण्डौं ।
काठमाडौँको बल्खुमा ढलमा खसेर एकजनाको मृत्यु भएको छ ।
बल्खु स्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर शनिबार बिहान काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
शनिबार बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कननसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बल राम झाले जानकारी दिनुभयो ।