कात्तिक १० ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा अज्ञात रोगबाट दुई बालकको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीय कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदाको मृत्यु भएको स्थानीय राजकुमार पासवनले जानकारी दिनुभयो । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारले जनाएको छ । मृतकदुबैलाई ज्वरो आउने, वान्ताहुने र टाउको दुख्ने भएपछि मृत्यु भएको पासवानले बताउनुभयो ।

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र र प्रशासकिय अधिकृत सविनराज ढकालले रोग फैलन नदिन प्रदेश सरकार तथा महामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई अनुरोध गर्नुभएको छ । केहीसमयअघि कञ्चनरुपमाभाइरल ज्वरोकाकारण चार जनाको मृत्यु भएको थियो ।

Facebook Comments