कात्तिक ११ ।
लामो समय बन्द रहेका मलेसियाको रोजगारी खुल्ने भएको छ । अब नेपाली कामदारले विना लगानी मलेसिया जान पाउने भएका छन् ।

बन्द रहेको मलेसिया रोजगारीखोल्ने सहमतिका लागि त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन काठमाण्डु आइसक्नु भएको छ । आईतबार नेपालका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र मलेसियाका मन्त्री कुलेसेगरनबीच सम्झौता हुनेछ ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा आज हस्ताक्षर हुनेछ । समझदारी पछि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले ब्यहोर्नेछ । म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउनेछन् ।

काममा लागेपछि कामदारको आतेजाते टिकट रोजगारदाताले ब्यहोर्नेछ । ६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।

Facebook Comments