कार्तिक १६, हेटौंडा
प्रदेश नम्बर ३ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री केशव स्थापित पदबाट बर्खास्त भएका छन् । यहि १४ गते बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्री स्थापितको विवाद भएको थियो । भौतिक योजना मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नभएको विषयमा छलफलका क्रममा मन्त्री स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा नै विवाद भएको थियो ।
यहि विषयलाइ लिएर मुख्य मन्त्री पौडेलले मन्त्री स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । रिक्त भएको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ । मुख्य मन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रीसँग काम गर्न नसकिने कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिलाइ भेटेर जानकारी गराएको थियो । भेट पछि प्रधानमन्त्री तथा पार्टिका नेताहरुको सल्लाहामा मन्त्री स्थापितलाइ बर्खास्त गरिएको जनाएको छ ।

Facebook Comments