कात्तिक १६ ।
भुटानमा सम्पन्न १८ बर्ष मूनिको साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोली नगदसहित सम्मानित भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार नेपाली टोलीलाई नगद सहित सम्मान गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाले उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार नगदले सम्मान गरेको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्ट लगायतले खेलाडीलाई सम्मानित गर्नुभएको थियो ।

प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो । त्यसअघि सेमिफाइनलमा भारतलाई हराउदै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । तर, फाइनलमा नेपाली टोली बंगलादेशसंग १–० ले पराजित भएको थियो

Facebook Comments