अव हामी प्रस्ट हौ कि हाम्रा मत के का लागी ? अनि कस्ताका लागी ? देश राजनितिले वरवाद बनायो, नेताले देश डुवाए भन्दै देश प्रतिको ममता देखाउदै धारे हात उजाउने हामिले चाही देश बनाउन कत्तिको भूमिका निर्वाह गर्यौ भन्ने प्रश्न पनि उत्तिकै गहन रुपमा सोचिनु पर्दछ । हजुरा बुवाले झण्डा बोकेको पार्टी र यसको वादलाई गायत्री सम्झदै बिरासतको अपुताली स्याहारेको जसको गुन तिरे जस्तो उक्त पार्टिलाई मत ठोक्ने मतियार बनेका हामी पनि उक्त अपजसको उत्तिकै भागिदार बन्नुपर्ने यथार्थलाई नजरन्दाज गरिनु हुँदैन । आफ्नो बिबेकपुर्ण मतको मध्याम द्वारा हामिले व्यवस्था परिवर्तन गर्न सक्ने अवस्था प्रजातन्त्रको मौलिक अवस्था हो र यही मौलिकताको पेरिफेरिमा बाधिएर हामिले जायज मुद्दामा आफ्नो अभिमत जाहेर गर्न सक्दछौ भने यो क्षण नै हामिले चाहे अनुरुपको पद्द्ती कायम गराइ सम्मुनत राष्ट्रा निर्माणको पहिलो कदम हुन सक्छ । त्यसैले आफ्नो मत जाहेर गर्ने अवस्थामा आफ्नो विवेकको उचित प्रयोग गर्न हामी सक्षम हुनु पर्दछ । आफ्नो मत त हिजो पनि हालेकाइ हौ फेरी पनि हालिन्छन ।
अब हामिले आफ्नो मत हाल्दै गर्दा आफ्नो मत प्राप्त गर्ने ब्यक्ती र पार्टिको मुल्यान्कन गर्ने सस्कारको बिकास गर्नु जरुरी छ । जव सम्म हामिले एस्ता सस्कारको बिकास गर्न सक्दैनौ तबा सम्मा जनौतार्दायी प्रतिनिधिहरु छानिने सभावना क्षिण हुन्छ । हाम्रा मत प्राप्त प्राप्त गर्ने पार्टी र यसका उम्मेद्वारहरुको नाडी छाम्दा यिनिहरुको राजनैतिक योग्यता माथी शका गर्ने प्रसस्त ठाउहरु छन । पचायतको विकल्पमा प्रजातन्त्रलाई स्थापित गरी राज्य निर्माणको दिनमा हामिले यिनै पार्टिहरुलाई जिम्मेवारी सुम्पिएकै हो । पछी गणतन्त्र स्थापित भयो, यही दौरानमा विविध वाद र विचारहरु जन्मिए ।
हामिले गणतन्त्रको पनि १० बर्ष अनुभुती गर्न पाइसकेका छौ । तर विडम्वना राजनितिक पार्टिहरुको अदुरदर्शिपन र नेताहरुको पुरातन शैलिको कारणले राजनितिक व्यवस्था चाही फाल्न सकेको छैन तर राजनितिक शैलि, सस्कृती तथा जनताको अवस्था चाही फेर्न नसकेको अवस्था हामिले सामना गर्नुपरिरहेको छ ।
जनता जनार्दन हुन , सुम्मुन्नत रास्ट्र निर्माणको उत्कृष्ट अभिलाषा सहित न्युनतम अधिकारहरुको सुनिश्चितता र सम्भाब्य सुबिधाहरुको निर्भिक रुपमा उपभोग गर्न सक्ने अवस्थाको आसामा जनताहरुले उपयुक्त विकल्प कामना गरिरहेका छन । प्रजातन्त्र , पन्चायत तथा लोकतन्त्र जे सुकै नाम भजाइए पनि जनताले बुझेका यिनका मुलभुत अर्थ उल्लेखित आशा र प्रलोभनहरु नै हुन ।त्यसैले त जनताले राजनितिक पार्टिलाई पटक पटक बिस्वास गरिरहेका छन । तर निष्कर्स , यि पार्टिहरु जनताले आसा गरे अनुरुपको परिणाम निकाल्न असफल भैरहेका छन । लोकतन्त्र स्थापित हुँदै गर्दा महाराजा नागर्जुन तिर मिल्काइए । हाम्रा नेता हरुको माथिङ्गलामा राजाविहिन शाशन पद्द्ती नै गणतन्त्रको पर्याव हो भन्ने भुत सवारहुँदा गणतन्त्र र नेपाली राजनितिक पार्टिहरु प्रती जनविस्वास गिर्दो अवस्थामा छ । यही गणतन्त्रमा ६०१ जनाको जत्था एक दर्जन नाइकेहरुका गुलाम भए । पुलिस प्रशाशन , न्यायलय, कुटनितिक निकाय हरु, कर्मचारी क्षेत्रहरु सबै राजनीतिक पार्टिका भात्री सँगठन्हरु जस्तै बनाइए । लोकमान सानदार तरिकामा सत्तसिन भए र ठुलो भुइचालोका साथ बहिर्गमन गराइए तथापी उनको बहिर्गमन रोक्न गरिएका अनेकौ तिकडम कम्ता रोचक भएनन । एउटा डाक्टर ब्यबस्था फेर्न दर्जनौ पटक सत्याग्रहमा होमिए तर फगत पागल उपनाम्का साथ उनको जनप्रिय मागलाई पटक पटक खेष्टोले ढाक्ने काम गरियो र लोकतन्त्रलाई लोप्पा खुवाइयो । क्षणिक सनक र अनेकौ मोहले प्रधानन्यायधिसलाई महाअभियोग तेर्स्याइयो र जनमानसमा असल बन्न खोज्नेहारुलाई राज्यले कसरी शक्तिको दुरुपायोगकासाथ घोक्र्याउन सक्छ भन्ने दृष्टान्तलाई निर्लज्ज पोखियो । कृपावादको लहरा फस्टाउदै प्रहरि प्रमुख फेर्ने तरिकाले सारा प्रहरिको शिर नै निहुराउने विविध प्रपन्च रचियो ।
चुडामणी शर्मा र यिनका कर्तुतहरु र यिनलाई सुनपानी छर्कन तम्सेका गणतन्त्रे बडाहाकिमहरुको कर्मकाण्ड लोकतन्त्र र शुशाशनलाई खिल्ली उडाउने मसला बने । एनसेल प्रकरण , गोपाल खड्का कान्ड जस्ता घटनाक्रमहरु र यिनिहरुसँगको राजनितिक तदम्यताले नेपाली गणतन्त्रलाई सरम लाग्ने अवस्था बनेको छ । नेपाली राजनितिक समस्याको समाधानकी लागी दक्षिणी छिमेकिसग नाजायज आश गर्दै दश गजामा रमिता देखाउदै रास्टृयताको फितलो प्रदशन गर्ने समुहहरु पनि गणतन्त्रमै देखिए ।नेपाली राजनितिज्ञहरु बिदेशी शक्ती केन्द्रहरुको कठपुतली कुन हद सम्म बनेक रैछन भन्ने दृश्य अघोशित नाकावन्दिले देखाइदी सकेको छ ।अझ भुकम्पको एउटा ध्वासात्मक परिदृश्य पस्चात देक्न पाइएको तृपाल काण्ड हरुले नेपालालि राजनितिज्ञहरुको सोच र ब्याबहार जनताले प्रस्टै देखी सकेका छ । भुकम्पबाट ध्वस सरचना निर्माणार्थ स्थापना गरिएको पुना निर्माण प्राधिकरणको प्रमुख राख्न फेर्न जुन प्रपन्च रचिए सोही प्रमुख हरुले कार्यसम्पादनमा केटाकेटी पन देखाइदिदा पिडितहरु अझै पालको बासमा सिमित छ्न । यो नै वास्तवमा गणतन्त्रका विशेषता बनेका छन । लाजमर्दो कुरा त गणतन्त्र स्थापित भएको यो १० बर्षमा ७ जना प्रधानमन्त्री फेरिए २ वटा राष्ट्र्पती फेरिए तर जनताले प्रतक्ष्य लाभ गर्न सकेका गणतन्त्रका मुलभुत ५ उपलब्धी छुट्याउन सबैको दाल गल्छ ।
फेरी पनि देश निर्वाचनमाया बन्दै छ , राजनितिक पार्टिहरु उहि पुराना शैली र सस्कारको पुनरावृत्ती गर्दैछन । अधिकास पार्टिका प्राय जसो उम्मेदवारहरु टेस्टेड एन्ड आउट डेटेड छन । पटक पटक निर्वा्चित भएर धेरै बर्षसम्म सत्तको रसस्वादन गर्न पल्केकाहरु तर जनताको अगाडी मै मत्ता बनेर हिड्ने स्वभावका उम्मेदवारहरु नै फेरी पनि वाजी मार्ने सुरमा छन । युवाको सहभागिताको नाममा चुल्ठे,मुन्द्रे, हुइके जस्ता डनवादी र धनवादी जस्ता उम्मेदवारलाई उठाएर सुसासनको नारा भट्याउदै असल राजनितिक चरीत्रलाई उपाहास गरिदै छन । बडो अनौठो कुरा त सत्ता मै जत्था हुलेर मत्ता बन्न पल्किएका सत्ता भोगी रोगिहरु सत्ता हत्याउनै गठबन्धन र तालमेलको नाममा रोगिहरु सत्ता हत्याउनै गठबन्धन र तालमेलको नाममा अग्रज नेताले स्थापित गरेका पार्टिको गर्विलो सिद्दान्तलाई सन्दुकमा थन्क्याएर हुलहुज्जतमा मस्त छन । गणतन्त्रका मसिहा भनिएकाहरु हिजो आफैले आरोप लागाएर हिन्दू अतिवादी , प्रतिगामी भनिएका राजतन्त्रको नाराका साथ मैदानमा उत्रीएको पार्टिको उम्मेदवारलाई मत माग्दै जनता समक्ष अनुनय बिनय गर्दै छन । हिजो एक अर्कालाई लम्पसारवादी र खोक्रो रास्ट्रवादिको मन्त्रले हिलो छ्यापा छ्याप गर्दै सिद्दान्ततह एकले अर्को लाई त्रुटी पुर्ण देखाउन मस्त बनेकाहरु आज गठवन्धनको नाममा एउटै गोलवन्दिमा एकार्कालाई मत माग्दैछन ।यहाँ सिद्दान्तको हावा खुस्काइएको छ अनि राजनितिक सस्कारको स्वार्थ प्रस्फुट गरिएको छ , यदी सत्ता प्राप्तिमामात्र सिमित नरही समग्र देशको प्रगतिगर्ने रहरले गरिएको गठबन्धन हो भनेत देशको लागी राम्रै होला तर सत्ता प्रधान गठवन्धन र तालमेल हो भने यो गणतन्त्रको नाममा कलक बन्न पुग्दछ । नेपाली पार्टिहरुको राजनितिक सस्कार हेर्ने हो भने माथी उल्लेखित समग्र बिकासमा यिनको भूमिका नानिको खुट्टी हेर्दा थाहा पाइन्छ्को स्थितिमा छ ।यद्यपि, प्रजातन्त्र राज्य शाशन प्रणालिको निर्विकल्प असल प्रणाली हो र प्रजातन्त्रमा राजनितिक पार्टिहरुको बिकल्प हुँदैन । निर्वाचन प्रजातन्त्रको मुलभुत विषेषता हो ।
निर्वाचनमा सहभागिहुनु जनताहरुको दायित्व ।सक्षम , असल र इमान्दार उम्मेदवारलाई निर्व्चित गरी शाशन प्रणालिमा नेतृत्वदायी भूमिका प्रदान गर्न सके देशको मुहार फेर्न सकिन्छ । यो प्रकृयाको निर्णयकारी भूमिका जनता कै हुने हुँदा जनतले यस्ताकुरामा बढी गम्भिरहुनु जरुरी छ । यदी अक्षम ब्यक्तित्व निर्वा्चित भएको अवस्था मा हामिले जतिसुकै गाली गरेर धारेहात लगाए पनि दोशको भागिदार हामी पनि हुनेछौ । यसर्थ पार्टिको झण्डा हेरेर मत हाल्ने सस्कार जवसम्म हामिले त्याग्न सक्दैनौ हामी पनि देश बर्वाद गर्ने झुण्डको मतियार हुनेछौ । त्यसैले नेता होईन निती हेरेर भोट गरौ । हिजोको मुल्यान्कन गरौ समिक्षा गरौ र भविश्य निर्माणमा गम्भिर भएर लागौ । गर्ने हामिले नै हो ।











