
मंसिर ७, मझिमटार ।
१६ किलो ग्राम लागू औषध गाँजा सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।
वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा चेकजाँचका क्रममा लु २ ख ३०५ नम्बरको यात्रु वाहक बसमा सवार पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षिय हफिज मियाको सामान चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।
हफिज मियालाई लागू औषध ओसारपासारमा मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।