२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१६ किलो गाँजा सहित धादिङको मझिमटारबाट एक जना पक्राउ

१६ किलो गाँजा सहित धादिङको मझिमटारबाट एक जना पक्राउ

मंसिर ७, मझिमटार ।
१६ किलो ग्राम लागू औषध गाँजा सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा चेकजाँचका क्रममा लु २ ख ३०५ नम्बरको यात्रु वाहक बसमा सवार पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षिय हफिज मियाको सामान चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।

हफिज मियालाई लागू औषध ओसारपासारमा मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।