
मंसिर १७ ।
२७ अाैं अन्तराष्ट्रिय अपाङ्गता दिवस अाज देशभर विविध कार्यक्रम गरि मनाइएकाे छ । यस क्रममा धादिङ जिल्लाकाे सदरमुकाम धादिङबेसी सहित विविन्न गाउँपालिकाहरुमा दिवसीय कार्यक्रम सम्पन्न भएका छन् ।
सदरमुकाम धादिङबेसीमा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले राज्यले अपाङ्गताहरुकाे क्षेत्रमा विशेष कार्यक्रम ल्याएकाेले यसकाे उपयाेग गर्न सबैसंग अाग्रह गर्नुभयाे । सबैले एक अर्कालाई माया गर्ने र सम्ममन गर्ने पर्वकाे रुपमा दिवस मनाउन पनि जिसस प्रमुख नेपालले अाग्रह गर्नुभयाे । मलाई गणना गर, समावेस गर भन्ने नारा सहित मनाइएकाे अपाङ्गता दिवसमा अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्था र अधिकारकर्मिहरुकाे सहभागिता रहेकाे थियाे ।
नीलकण्ठ नगरपालिकाकाे अायाेजनामा भएकाे कार्यक्रममा अपाङ्गता भएकाहरुका लागि संविधानमा उल्लेख भएका अधिकारहरु, अपाङ्गता परिचयपत्र र अपाङ्गता भएकाहरुका लागि गरिएकाे अारक्षणकाे व्यवस्था लगायतका विषयमा अन्तरक्रिया पनप गरिएकाे थियाे । अन्तरक्रियामा राष्टिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य गुणराज खतिवडा, बहिरा संघका केन्द्रीय महासचिव रामप्रसाद अधिकारी, अपाङ्ग महिलासंघ धादिङका अध्यक्ष सरितन ईटनी, निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्त, महिला विकास शाखाकि भद्रा अर्याल लगायतले अन्तरक्रिया कार्यक्रममा अाअाफ्ना धारणा राख्नुभएकाे थियाे । कार्यक्रम नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीकाे अध्यक्षतामा भएकाे थियाे ।