मंसिर २३ ।

गंगाजमुना गाउँपालिकालाई शनिबारबाट खुल्ला दिसामुक्त क्षेत्र घोषणाा गरिएको छ । गाउपालिकालाई आज एक कार्यक्रमको बिचमा संघिय सांसद खेमप्रसाद लोहनीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।

गाउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुबाट प्लेकार्ड सहित तामाङ, घले, गुरुङ समुदायको भेषभुषा, विभिन्न साँस्कृतिक प्रस्तुती, बाजागाजासहितको र्यालीले गाउँ परक्रमा गरिएको थियो । सफासुन्दर धर्तिमा, दिसापिसाव चर्पीमा भन्ने नाराका साथ अभियाननै संचालन गरि गाउपालिकाका ६ हजार ३ सय १९ घरधुरी मध्ये ९९ प्रतिशत घरमा शौचालय निर्माण भएको छ भने १ प्रतिशतले साझेदारीमा प्रयोग गर्ने गरि शौचालय निर्माण भएको गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको कूल क्षेत्रफल १ सय ५२.७२ वर्गमिटर क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने केयर नेपाल, रिम्स नेपाल, सहास नेपाल, शान्ति नेपाल, फोकस नेपाल, वातावरण संरक्षण मञ्च, हिम्स नेपाल र कोसोक नेपाललाई आज सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेस सांसद जगत सिंखडा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments